कोरोना सङ्क्रमितलाई स्थानीय तहको उच्च निगरानी
काठमाडौँ – काठमाडौँ उपत्यकाका स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमितलाई उच्च निगरानी गर्न थालेका छन् । नगरपालिकाभित्र दैनिक कोरोना सङ्क्रमित बढेपछि नगरपालिका आफैँले सङ्क्रमितको उच्च निगरानी गर्न थालेका हुन् ।
कतिपय नगरपालिकाले सङ्क्रमितलाई निःशुल्क आहार वितरण गर्नेदेखि नियमित टेलिफोन गर्ने, सङ्क्रमितको उपचारको व्यवस्था गर्ने लगायतका काम गर्दै आएका छन् ।
आफू र परिवारका सबै सदस्यलाई स्वास्थ्य मापदण्ड पालना गर्न लगाउने, होम आइसोलेसनमा बस्न सम्भव भएका सबैलाई होम आइसोलेसनमा राख्ने र सम्भव नभएकालाई संस्थागत आइसोलनमा राख्ने काम उपत्यकाका नगरपालिकाले
गर्दै आएका छन् ।
सङ्क्रमितलाई नियमित सान्त्वना र हौसला बढाउने काम उपत्यका नगरपालिकाले गर्दै आएको सम्बद्ध नगरपालिकाले जनाएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण