तनहुँमा एक चितुवा मृत फेला
मङ्गलबार, २७ असोज २०७७, १० : १३
तनहुँमा एक चितुवा मृतावस्थामा फेला परेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–१ अमारेगाउँमा मृतावस्थामा चितुवा फेला परेको हो । भाले चितुवा मृतावस्थामा फेला परेको डिभिजन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।
विगत एक वर्षको अवधिमा तनहुँका विभिन्न स्थानमा मृत अवस्थामा फेला पर्ने चितुवाको सङ्ख्या सात पुगेको छ ।
डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–७ वसन्तपुर र व्यास नगरपालिका–५ पतेनीमा चितुवा मृतावस्थामा फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण