बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभाका लेखा समिति सभापति चौधरीलाई कोरोना पुष्टि

मङ्गलबार, २७ असोज २०७७, ११ : ४१
मङ्गलबार, २७ असोज २०७७

बुटवल – लुम्बिनी प्रदेशसभाका  लेखा समिति सभापति डिल्ली बहादुर चौधरीलाई कोरोना पुष्टि भएको छ ।

नेपाली काँग्रेसका नेता तथा दाङ निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित लुम्बिनी प्रदेशसभाका सांसद डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको  बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले जनाएको छ । उनलाई गएराति संक्रमण पुष्टि भएको हो ।

लुम्बिनी प्रदेशका लेखा समितिका सभापति एवम् पूर्व श्रम राज्यमन्त्री समेत रहेका सांसद चौधरीलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पतालमा भर्ना गरिएको जनाएको छ । 

तर स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको अस्पतालले जनाएको छ । यस्तै नेपाली काँग्रेस रुपन्देहीका सभापति अव्दुल रञ्जाकलाई कोरोना गएराति पुष्टि भएको छ  । स्वास्थ्यमा समस्या आएपछि  कोरोना परिक्षण गर्दा गयराती लुम्बिनी प्रदेशिक अस्पतालमा कोरोना पुष्टि भएको छ । सभापति रञ्जाकलाई अहिले भैरहवाको  युसिएमएस कलेजमा भर्ना गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप