लुम्बिनी प्रदेशसभाका लेखा समिति सभापति चौधरीलाई कोरोना पुष्टि
बुटवल – लुम्बिनी प्रदेशसभाका लेखा समिति सभापति डिल्ली बहादुर चौधरीलाई कोरोना पुष्टि भएको छ ।
नेपाली काँग्रेसका नेता तथा दाङ निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित लुम्बिनी प्रदेशसभाका सांसद डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले जनाएको छ । उनलाई गएराति संक्रमण पुष्टि भएको हो ।
लुम्बिनी प्रदेशका लेखा समितिका सभापति एवम् पूर्व श्रम राज्यमन्त्री समेत रहेका सांसद चौधरीलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पतालमा भर्ना गरिएको जनाएको छ ।
तर स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको अस्पतालले जनाएको छ । यस्तै नेपाली काँग्रेस रुपन्देहीका सभापति अव्दुल रञ्जाकलाई कोरोना गएराति पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि कोरोना परिक्षण गर्दा गयराती लुम्बिनी प्रदेशिक अस्पतालमा कोरोना पुष्टि भएको छ । सभापति रञ्जाकलाई अहिले भैरहवाको युसिएमएस कलेजमा भर्ना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण