सरकारको लगानी रहेका केही कम्पनी, जसको छ आकर्षक सेयर मूल्य
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत केही सरकारी कम्पनीको सेयर मूल्य निकै आकषर्क देखिन्छ । साल्ट ट्रेडिङ, राष्ट्रिय बिमा कम्पनी, नागरिक लगानी कोष, नेपाल टेलिकम लगायतको सेयर मूल्य आकर्षक छन् । यद्यपि यी सरकारी कम्पनी भएकै कारण यसको सेयर मूल्य बढेको मान्न लगानीकर्ता दीपेन्द्र अग्रवाल तयार छैनन् ।
जतिबेला यी कम्पनी खुलेका थिए- यस्तै प्रकृतिका कम्पनीमा यिनीहरुको मात्र राज थियो । त्यो जामानामा खुलेका कम्पनीको सेयर आपूर्ति बढी हुन्थ्यो भने यसको मूल्य पनि सामान्य नै हुन्थ्यो । आपूर्ति कम हुँदा बजार मूल्य बढिरहेको अग्रवालको तर्क छ । नेपाल टेलिकमलाई त सेयर बजारमा दुहुनो गाई पनि भनिन्छ । यसले हरेक वर्ष आफ्ना लगानीकर्तालाई राम्रो लाभांश वितरण गर्दै आएको छ । तर केही कम्पनी पनि छन् जसको सेयर मूल्य सामान्यभन्दा कम छन् ।
आकर्षक सेयर मूल्य रहेका सरकारी कम्पनी
नागरिक लगानी कोष
यसमा पनि सरकारको स्वामित्व छ । नागरिक लगानी कोषमा सर्वसाधारणको २० प्रतिशत, नेपाल सरकारको १० प्रतिशत, नेपाल राष्ट्र बैङ्कको १३ प्रतिशत, नेपाल स्टक एक्स्चेन्जको १० प्रतिशत, राष्ट्रिय बिमा संस्थानको २७ प्रतिशत, बैङ्क तथा वित्तीय संस्थाको २० प्रतिशत लगानी छ । यसको सेयर मूल्य प्रतिकित्ता ३४ सय ६० रुपैयाँ छ । यसको एक करोड ६४ लाख ७ हजार ४ सय १० हजार कित्ता सेयर सूचीकृत छ । यसले अघिल्लो वर्ष (२०७५/०७६) २२ प्रतिशत बोनस सेयर दिएको थियो । यसको विगत दुई वर्षको वित्तीय अवस्था हेर्दा बोनस सेयरलाई प्राथमिकता दिएको देखिन्छ । आर्थिक वर्ष २०७४/०७५ मा २३.१६ प्रतिशत लाभांश दिएको थियो ।
साल्ट ट्रेडिङ कर्पोरेसन
साल्ट ट्रेडिङ सरकारी स्वामित्वको अर्को एउटा त्यस्तो कम्पनी हो जसको सेयर मूल्य निकै आकर्षित छ । नेप्सेमा सूचीकृत साल्ट ट्रेडिङको मङ्गलबारसम्मको सेयर मूल्य प्रतिकित्ता ३ हजार ४ सय ४५ रुपैयाँ रहेको छ । यसको १५ लाख ३५ हजार ४ सय १८ कित्ता सेयर सूचीकृत छ । साल्ट ट्रेडिङ पहिलो पीपी (पब्लिक प्राइभेट पार्टनरसिप मोडलको सङ्गठन हो । यसमा ७९ प्रतिशत लगानी प्रइभेट पब्लिकको छ । २१ प्रतिशत लगानी सरकारको छ । यसले अघिल्लो वर्ष (२०७५/०७६) मा ३५ प्रतिशत लाभांश दिएको थियो । जसमा २५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश हो । यसको लाभांशको इतिहास हेर्दा सेयरधनीलाई नगदभन्दा बोनस सेयर बढी दिने गरेको देखिन्छ ।

राष्ट्रिय बीमा कम्पनी
बुधबार यो समाचार तयार पार्दासम्म (१२ बजे) राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य ११ हजार ५ सय ५ रुपैयाँ रहेको छ । यसको २६ लाख ६६ हजार ३ सय ६५ कित्ता सेयर नेप्सेमा सूचीकृत छ । यसमा नेपाल सरकारको ४१.०३ प्रतिशत, कर्मचारी सञ्चयकोषको १९.३७ प्रतिशत, नेपाल बैङ्क ९.६० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
नेपाल टेलिकम
नेपाल टेलिकमको अहिलेको सेयर मूल्य (मङ्गलबार असोज २७) ७ सय रुपैयाँ प्रतिकित्ता छ । यसको १५ करोड कित्ता सेयर सूचीकृत छ । यस आधारमा यसको बजार पुँजीकरण १ खर्ब ५ अर्ब रुपैयाँ छ ।
कम्पनीको सेयर संरचनाअनुसार ९१.५२ प्रतिशत संस्थापक सेयर अर्थात नेपाल सरकारको रहेको छ भने ८.४८ प्रतिशत सेयर आमसर्वसाधारण र कर्मचारीको रहेको छ । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमको थप सेयर आम नागरिकलाई दिने बताएका थिए ।
टेलिकममा कूल एक करोड २७ लाख कित्ता सेयर मात्र सर्वसाधारणको छ । सेयर संरचनाअनुसार सर्वसाधारण सेयरधनीको ४.४४ प्रतिशत, कर्मचारीको ४.०४ प्रतिशत तथा नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर स्वामित्व टेलिकममा छ । टेलिकमले अघिल्लो वर्षको (२०७५/०७६) नाफाबाट सेयरधनीलाई ४५ प्रतिशत नगद लाभांश दिएको थियो । टेलिकमले धेरैजसो नगद लाभांशमा जोड दिएको छ । नेपाल टेलिकम लगानी कर्ताका लागि दुहुनो गाई जस्तै हो ।
पुनर्बिमा कम्पनी
४४ प्रतिशत सरकारको स्वामित्व रहेको पुनर्बिमा कम्पनीको पछिल्लो सेयर मूल्य ८ सय ५६ रुपैयाँ प्रतिकित्ता रहेको छ । यसको १० करोड कित्ता सेयर सूचीकृत छ । कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म प्रतिकित्ता १०० अङ्कित दरका १ करोड ६० लाख कित्ता साधारण सेयर निष्काशन खुला गरेको थियो । सोसहित १० करोड कित्ता सेयर नेप्सेमा सूचीकरण छ । यसले सेयर धनीलाई कुनै लाभांश दिएको छैन ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था
यसको ९८ लाख २५ हजार कित्ता सेयर सूचीकृत छ । सोमबारसम्म यसको सेयर मूल्य ५१६ रुपैयाँ रहेको छ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा नेपाल सरकारको र नेपाल राष्ट्र बैङ्कको ३३ प्रतिशतभन्दा बढी स्वामित्व छ । ग्रामीणलघुवित्त वित्तीय संस्थाले अघिल्लो वर्ष हकप्रद सेयर निष्काशन गरेको थियो ।
चिलिमे जलविद्युत् कम्पनी
चिलिमे जलविद्युत् आयोजनाको पछिल्लो सेयर मूल्य ५ सय ९ रुपैयाँ (यो समाचार तयार पार्दासम्म) रहेको छ । जलविद्युत् आयोजनामा यो मूल्य नराम्रो होइन । यसको ५ करोड ७० लाख ९७ हजार ६ सय ० कित्ता सेयर सूचीकृत छ । चिलिमेले पछिल्लो समय २५ प्रतिशत लाभांश दिएको थियो । जसमा २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश रहेको छ । नेपाल विद्युत् प्राधिकरणको ५१ प्रतिशत सेयर हिस्सा रहेको छ ।
सामान्य सेयर मूल्य भएका सरकारी कम्पनी
कृषि विकास बैङ्क
यो सामाचार तयार पार्दासम्म कृषि विकास बैङ्कको सेयर मूल्य ४ सय ३७ रुपैयाँ प्रतिकित्ता रहेको छ । यसको ९ करोड ५ लाख ६४ हजार ६ सय ८ कित्ता सेयर सूचीकृत छ । बैङ्कले अघिल्लो वर्ष लाभांश दिएको थियो । जसको बोनस सेयर २६ प्रतिशत रहेको थियो । यसमा ५१ प्रतिशत नेपाल सरकारको र ४९ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व छ ।
नेपाल बैङ्क
नेपाल बैङ्कको ३ सय २५ रुपैयाँ प्रतिकित्ता सेयरको मूल्य छ । यसको ११ करोड २८ लाख २८ हजार दुई सय कित्ता सेयर सूचीकृत छ । नेपाल बैङ्कले अघिल्लो वर्ष २५ प्रतिशत लाभांश दिएको थियो । नेपाल बैङ्कमा सरकारको ५१ प्रतिशत लगानी छ ।
सान्जेन जलविद्युत् कम्पनी
सान्जेन जलविद्युत् आयोजना चिलिमेको सहायक कम्पनी हो । यसको सेयर मूल्य १ सय ८७ रुपैयाँ रहेको छ । यसको ३ करोड २८ लाख ५० हजार कित्ता सेयर सूचीकृत छ ।
अप्पर तामाकोसी
नेपाल विद्युत् प्राधिकरणको स्वामितव रहेको अप्पर तामाकोसी जलविद्युत् आयोजनाको सेयर मूल्य २ सय ८३ रुपैयाँ छ । १० करोड ५९ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत छ ।
तारागाउँ रिजेन्सी
यसको सेयर प्रतिकित्ता २४१ रुपैयाँ छ । ७४ लाख ४९ हजार ८ सय ७५ कित्ता सेयर नेप्सेमा सूचीकृत छ । यसले पछिल्लो समय १२.६३ प्रतिशत नगद लाभांश दिएको छ । तारागाउँ रिजेन्सी अन्तर्गत हायात होटल सञ्चालनमा छ । सरकारको ४० प्रतिशत सेयर स्वामित्व रहेको भनिए पनि यसमा सरकारको सेयर स्वामित्व ९ प्रतिशतमा झरेको विषयमा छानबिन भइरहेको भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण