उत्तरप्रदेशमा पुलिस अफिसरसहित बसेको बैठकमा अचानक गोली चल्यो, १ जनाको मृत्यु
एजेन्सी । भारतको उत्तरप्रदेशको बलिया जिल्लाको दुर्जनपुर गाउँमा चलिरहेको एउटा बैठकमा गोली चल्दा एकजनाको मृत्यु भएको छ । सो गाउँमा राशन कोटा छनौटका लागि चलिरहेको बैठकमा एक व्यक्तिले अचानक गोली चलाएका थिए । गोली लागेर १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको स्थिति गम्भीर रहेको जनाइएको छ । गोली त्यस्तो बेलामा चलेको थियो, जुन बैठकमा पुलिस अफिसर लगायतका उच्चस्तरका सरकारी अधिकारीहरु पनि सामेल रहेका थिए ।
आक्रमणकारी भने तत्काल भागेको र उसको खोजी भैरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ । घटना भएलगत्तै राज्य सरकारले स्थानीय रेवती पुलिस स्टेशन क्षेत्रका एसडीएम र पुलिस अफिसर लगायतका धेरै प्रहरीहरुलाई निलम्बन गरेको छ ।
बलियाका प्रहरी अधिकारी देवेन्द्रनाथले बीबीसीसँग भने, ‘दुर्जनपुर गाउँमा सरकारी कोटाको पसल छनौटको प्रक्रिया चलिरहेको थियो । दुई पक्षीय सहयता समूहका मानिसहरु पनि त्यहाँ सहभागी थिए । एउटा पक्षले धीरेन्द्रप्रताप सिंह उर्फ डब्ल्युलाई समर्थन गरेको थियो । यी दुई समूहबीच पहिलेदेखि नै दुश्मनी थियो ।
जब घटनास्थलमा गोली चल्यो छनौट प्रक्रिया स्थगित भएको छ ।’ उनका अनुसार धीरेन्द्रप्रताप सिंहले गोली चलाएपछि जयप्रकाश उर्फ गामा पाललाई गोली लागेको थियो । उनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । उनले घटनाबारे सबै तथ्यहरुको जानकारी लिइएको छ, सोहीअनुसार कार्वाही प्रक्रिया अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण