प्रनानि कृष्णबहादुर चन्दलाई ‘पूर्ण शान्ति’ प्रहरी पुरस्कार
काठमाडौं । यस वर्षको पूर्ण शान्ति प्रहरी पुरस्कार प्रहरी नायव निरीक्षक (सई) कृष्णबहादुर चन्दलाई दिइएको छ । ६५ औं प्रहरी दिवस समारोहमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रनानी चन्दलाई पूर्ण शान्ति पुरस्कार प्रदान गरे । पुरस्कृत चन्द विशेष ब्यूरोमा कार्यरत छन् ।
०५२ मा पूर्व प्रहरी महानिरीक्षक पूर्णबहादुर खवास र शान्ति खवासको नाममा स्थापना गरिएको सो पुरस्कार राशी हरेक वर्ष एकजना प्रहरी कर्मचारीलाई प्रदान गरिन्छ । जोखिमपूर्ण काम गरेबापत दिइने सो पुरस्कारको राशी पदक सहित २१ हजार नगद रहेको छ । ०५२ देखी प्रहरी दिवसको अवसरमा सो पुरस्कार नियमित प्रदान गरिँदै आएको छ । पुरस्कार सुशीले केडीया फाउण्डेशनले स्थापना गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
६५ औं प्रहरी दिवसको अवसरमा पूर्व प्रहरी उपरिक्षक (एसपी) तुलाबहादुर केसीलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । सेवा निवृत प्रहरीलााई दिइने सो अवार्ड प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री ‘बादल’ले अवकाशप्राप्त एसपी केसीलाई प्रदान गरेका हुन् ।
त्यस्तै, प्रहरी दिवसको अवसरमा पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले ‘अच्युत मिना अक्षयकोष’ स्थापना गरेका छन् । सो अक्षयकोषबाट हरेक वर्ष छात्रवृत्ति प्रदान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण