बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा ८ हजार ५८८ मा कोरोना संक्रमण

आइतबार, ०२ कात्तिक २०७७, ११ : १८
आइतबार, ०२ कात्तिक २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशमा पिसिआर बिधिबाट गरिएको परिक्षणमा ८ हजार ५८८ नमुनामा कोरोना संक्रमण फेला परेको छ । 

अहिले सम्म ९६ हजार ६३६ नमुना परिक्षण गर्दा ८ हजार ५८८ नमुनामा कोरोना संक्रमण फेला परेको हो । 

८८ हजार ४८ नमुनामा भने कोरोना नेगेटिभ आएको छ । 

अछाम १ हजार १२९, बैतडी ४ सय ६४, बझाङ्ग ५ सय ९६, डडेल्धुरा ३ सय ७९, दार्जुला २०० , डोटी १ हजार १७६, कैलाली ३ हजार २२२ कंचनपुर ९ सय ५८, बाजुरा ४५९ र प्रदेशका अन्य जिल्लामा ५ फेला परेको सामाजिक बिकास मन्त्रालयले रातोपाटीलाई जानकारी दिएको छ । 

यसैगरी, शनिबार बिभिन्न अस्पतालमा गरिएको परिक्षण बाट थप ७७ जना कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सकृय संक्रमितको संख्या १ हजार ३६३ पुगेको छ ।

सकृय संक्रमितमा अछाम ८१, बैतडी ५४, बझाङ्ग १४५,बाजुरा ६, डडेल्धुरा ५१, दार्चुला १२९, डोटी ९७, कैलाली ६६९, र कंचनपुर १२६ र प्रदेशका अन्य जिल्ला मा १ जना रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह काक्री ले बताए ।

बितेको २४ घण्टामा गरिएको परिक्षणममा कैलालीका ५४, कंचनपुर का ३, बैतडीका ६ , दार्चुलाका ४, अछामका १ , डडेल्धुराका ६, डोटीका १ , अन्य जिल्लाका २  जनामा संक्रमण पुस्टी भएको उनले बताए । कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।  अछाम  २, बैतडी १ ,बझाङ्ग २, बाजुरा २ डडेल्धुरा १, कैलाली १० जनाको  कोरोना संक्रमण बाट  मृत्यु भईसकेको छ ।

योसंगै प्रदेशमा निको हुने संक्रमित संख्या  ७ हजार २०६ पुगेको छ । बिभिन्न अस्पताल बाट थप ११ जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ७ हजार २०६ पुगेको काक्री को भनाई छ ।

त्यसैगरी, बिभिन्न अस्पतालहरुमा १११ कोरोना संक्रमितको उपचार भईरहेको छ । कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा ४३,टिकापुर २४, महाकाली २८, अछाम १०, डोटी २, डडेल्धुरामा ३ र दार्चुलामा १ जनाको उपचार भईरहेको छ ।

प्रदेशका ९ वटै जिल्लामा ९४ आइृसोलेसन सेन्टरमा १ हजार ९२१ बेडहरु रहेका छन ।  ३ सय ७९ पुरुष र १ सय ६ महिला र होम आईसोलेसनमा ६सय ९० जना रहेको  स्वास्थय महाशाखा प्रमुख नरेन्द्र सिँह कार्कीले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप