कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै नास्टले बनायो रोबोट
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै रोबोट निर्माण गरेको छ । नास्टले सोमबार एक कार्यक्रम गरी उक्त रोबोट सार्वजनिक गरेको छ । ‘यान्त्रिका कोरोना कम्प्याक’ नाम दिइएको उक्त रोबोटले कार्यालयमा पस्दा वा निस्कदा हात जोडेर अभिवादन गर्ने, मास्क लगाएको नलगाएको छुट्याउने र नलगाएकोलाई मास्क दिने, सेनिटाइर दिने लागयतको काम गर्नेछ ।
यो रोबोट कुनैपनि कार्यालयका लागि अन्त्यन्तै उपयुक्त हुने पनि नाष्टले बताएको छ । नाष्टका इन्जिनियर रोशन पाण्डेका अनुसार रोबोटले मानिसको शरीरको तापक्रम नाप्ने, सेनिटाइजर दिने, मास्क नलगाएको खण्डमा मास्क दिने काम गर्नेछ । यो रोबोटलाई नाष्टकै प्रवेशद्वारमा राखिने पनि पाण्डेले बताए ।
कोरोनाको प्रभावलाई कार्यालयमा पस्दा तथा निस्कदा प्रभावकारी रुपले नियन्त्रण गर्न सक्ने उद्देश्यले रोबोट निर्माण गरिएको पनि पाण्डेले बताए । त्यस्तै राबोटले समेत मास्क दिने, कोभिडको बारेमा सूचना दिने गर्दा यसले जनचेतना मुलक सन्देश दिने समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण