बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

बिहीबार, ०४ असार २०८३, १८ : ४३
बिहीबार, ०४ असार २०८३

सारांश

  • सरकारले मासिक १०० युनिटसम्मको बिजुलीमा भ्याट नलगाउने तयारी गरेको छ ।
  • बजेटमा ५० युनिटभन्दा माथिको बिजुलीमा भ्याट लगाउने व्यवस्था गरेको सरकारले यसलाई वृद्धि गर्ने तयारी थालेको हो ।
  • अर्थमन्त्री वाग्लेले फ्रि युनिटको थ्रेसहोल्डलाई बढाएर १००/१५० पुर्याउने जानकारी दिए ।

काठमाडौँ । सरकारले मासिक १०० युनिटसम्मको बिजुलीमा भ्याट नलगाउने तयारी गरेको छ । 

बजेटमा ५० युनिटभन्दा माथिको बिजुलीमा भ्याट लगाउने व्यवस्था गरेको सरकारले बजेट पारित नहुँदै यसलाई वृद्धि गर्ने तयारी थालेको हो ।

संसद्‌मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायत विभिन्न निकायको विनियोजनमाथिको प्रश्नको जवाफ दिँदै बिहीबार अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो जानकारी दिए । 

‘बिजुलीमा भ्याट भन्ने कुरा अन्तिम उपभोक्तामा भार नपर्ने गरी व्यवस्था गर्ने तयारी गरिरहेका छौँ । हामी फ्रि युनिटको थ्रेसहोल्डलाई बढाएर १००/१५० पुर्‍याउँछौँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप