खुकुलो लकडाउन भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भारतमा धेरैः मोदी
एजेन्सी । लचिलो लकडाउन भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । उनले भारतमा औसतमा ८८ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएको सोमबार जानकारी दिए ।
लकडाउन लचिलो भएर पनि सङ्क्रमणमुक्त हुनेहरुको यो सङ्ख्या विश्वमै एक मात्र र पहिलो देश भारत भएको उनको दावी छ । ग्रान्ड च्यालेन्ज एनुयल मिटिङलाई भिडियोमार्फत् सम्वोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “भारतको आकार, विविधता र मात्रा देखेर विश्व सँधै लोभिएको छ ।”
“हाम्रो जनसङ्ख्या अमेरिकाको भन्दा झण्डै झण्डै चार गुणा बढी छ, हाम्रा धेरै राज्यहरु युरोप र एसियाका देशभन्दा बढी प्रदुषित छन्, तर पनि हाम्रोमा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या अत्यन्त कम छ,” उनले थपे । प्रधानमन्त्री मोदीले भारतमा सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको र सङ्क्रमणमुक्त भएकाहरुका सङ्ख्या पनि उच्च रहेको बताए ।
उनले भने, “यति धेरै जनसङ्ख्या भएको मुलुकमा लकडाउन लचिलो बनाउँदा समेत सङ्क्रमित भएकाहरुको सङ्ख्या निकै कम रहेको छ । यस्तो अवस्था विश्वको सायद कुनै पनि देशमा छैन ।” मास्कको प्रयोगका लागि प्रेरित गर्ने मुलुकमा पनि भारत सबैभन्दा अगाडि रहेको प्रधानमन्त्री मोदीले दावी गरे । “हामीले काम रोकेका छैनौ, खोपका लागि पनि प्रयास भइरहेको छ, अरु पनि धेरै उपायहरु हामीले अवलम्बन गरेका छौँ,” उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण