बेलायतमा एक दिनमा जुनपछिकै धेरैको मृत्यु
लन्डन । बेलायतमा कोरोनाको संक्रमण र मृतक संख्या पछिल्लो समयमा निरन्तर बढ्दै गैरहेको छ । मंगलबार सार्वजनिक कोरोना संक्रमित मृतकको संख्या गत जुन पछिकै सबैभन्दा बढी हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ का अनुसार मंगलबार सार्वजनिक २४ घन्टाको मृतक संख्या २ सय ४१ जना रहेको छ
गत हप्ता मंगलबारको तुलनामा मृतक संख्या पाँच गुणा बढी हो भने यो संख्या जुनपछिको सबैभन्दा बढी हो । योसंगै बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४३ हजार ९ सय ६७ पुगेको छ । यद्धपि कोरोना संक्रमणका कारण मृत्यु भएको मृत्यु दर्ता प्रमाणपत्रको आधारमा भने मृतक संख्या ५८ हजार भन्दा बढी छ ।
यसैगरी मंगलबार साँझ सार्वजनिक पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या पनि २१ हजार ३ सय ३१ रहेको छ । लगभग २ लाख ६० हजार परीक्षण गर्दा २१ हजार भन्दा बढी संक्रमित फेला परेका हुन् ।हालसम्म बेलायतमा संक्रमितको संख्या ७ लाख ६२ हजार ५ सय ४२ पुगेको छ ।
हाल बेलायतका अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ३१ रहेको छ भने ६ सय २९ जनालाई भेन्टिलेटर बेडमा राखेर उपचार गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण गएको २४ घन्टामा ८ सय ६० जना अस्पताल भर्ना भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण