हुम्ला जिल्ला अस्पताल बन्द
हुम्ला । जिल्ला अस्पताल हुम्लाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ । अस्पतालले यही कात्तिक २ गते स्वास्थ्य र सुरक्षाकर्मी गरी १७ जनाको स्वाब संकलन गरी कोरोना परिक्षणका लागि ३ गते सुर्खेत पठाएकामा मंगलबार दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखाएको छ ।
तीमध्ये एक महिला स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि आकस्मिक र प्रसूतिबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख सरिता बोहराले जानकारी दिए । अस्पतालका सूचना अधिकारी भक्ति फडेराका अनुसार अग्रपंक्तिमा खटिने स्वास्थ्य र सुरक्षाकर्मीको कोरोना आशंकामा परीक्षण गर्दा एक स्वास्थ्यकर्मीसहित अर्का एक नागरिकमा कोरोना पोजेटिभ देखिएका हो । क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका अन्यको खोजी गरेर स्वाब संकलन गरी कोरोना परीक्षण गर्नुपर्ने भएका कारण अस्पताल केही दिनका लागि बन्द गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण