गर्भवती हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
जुम्ला । हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बबिता रोकायालाई हत्या गरेको आरोपितमध्ये सोही गाउँका ३७ वर्षीय रामचन्द डाँगीलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपित डाँगीलाई प्रहरीले मोफ्ला गाउँबाट गिरफ्तार गरेको हो ।
प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार गत असोज १९ गते राति घरबाट बेपत्ता भएकी किशोरीको कात्तिक १ गते हिमा – १ पागरपालीस्थित हिमा नदीका छेउमा शव फेला परेको थियो । किशोरी बेपत्ता भएको हप्ता दिनपछि मोफ्ला गाउँदेखि माथि डाँडामा कपडा भेटिएकाले बरामद गरी प्रहरीले मुचुल्कासमेत गरेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले यही कात्तिक १ गते शव परीक्षण गर्दा किशोरीको पेटमा तीन महिनाको शिशु थियो । प्रहरी निरीक्षक भट्टराईले भने, ‘डिएनए र भिसिआर परीक्षणका लागि प्रहरी विज्ञान प्रयोगशाला काठमाडौँ पठाउने तयारी गरिएको छ ।’ किशोरीका आफ्न्तले हत्या गरेका आरोपमा मोफ्ला गाउँका १९ वर्षीय करबहादुर भण्डारी र ३७ वर्षीय डाँगीका नाममा कर्तव्य ज्यान मुद्दा जिल्ला प्रहरी कार्यालय जुम्लामा दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण