बाँकेमा कोरोनाबाट युवकको मृत्यु
बाँके । बाँकेमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट कञ्चनपुर बेलाडी-५ का २४ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति नरेश श्रेष्ठले मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कोहलपुर आएका युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिए । उनलाई गत असोज ३० गते थप उपचारका लागि कोहलपुर शिक्षण अस्पताल भर्ना गरिएको थियो । कोरोना भाइरससँग मिल्दो लक्षण देखिएका उनको कात्तिक ३ गते स्वाब संकलन गरिएको थियो ।
त्यसैदिन उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । कोरोना पोजेटिभपछि सम्पूर्ण पद्धति अपनाएर उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको श्रेष्ठले बताए । बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका १५ जनाको कोरोनााट मृत्यु भइसकेको छ ।
यसैबीच बाँकेमा आजै ५२ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्लाका विभिन्न आइसोलेशनमा रहेका ३१ पुरुष र २१ महिला कोरोनामुक्त भई घर फर्केका हुन् । यससँगै बाँकेमा कोरोना संक्रमणबाट निको भई घर फर्कनेको संख्या दुई हजार २२७ पुगेको स्रोतव्यक्ति श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण