बेलायतमा एकैदिनमा २६ हजार भन्दा बढी संक्रमित
लन्डन । बेलायतमा कोरोना संक्रमित हुनेको संख्या पछिल्लो २४ घन्टामा २६ हजार नाघेको छ । यो संख्या विगत पाँच महिनायताकै सबैभन्दा बढी हो । २४ घण्टाभित्र थप २६ हजार ६८८ जना नयाँ कोरोना संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । अघिल्लो दिनको तुलनामा संक्रमित संख्या पाँच हजारले बढी छ । सरकारी तथ्याँक अनुसार जुनको पहिलो सातापछि संक्रमित हुनेको यो संख्या अहिले सम्मकै धेरै हो । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८९ हजार २२९ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा थप एक सय ९१ जना कोरोना सनाक्रमित्को मृत्यु भएको छ । मृतक संख्या भने मंगलबारको तुलनमा कम रहेको छ । मंगलाबार सार्वजनिक तथ्याँक अनुसार २ सय ४१ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । यो संख्या पनि गत जुन पछिकै सबैभन्दा बढी हो । बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४ हजार १५८ पुगेको स्वास्थ्य विभागले जनाएको छ ।
कोरोना संक्रमण र मृत्युसँगै दैनिक अस्पताल भर्ना हुनेको संख्या पनि दिनहुँ बढ्दै गएको छ । हाल बेलायतका अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको संख्या ६ हजार ४७९ रहेको छ भने ६ सय २९ जनाको भेन्टिलेटर बेडमा राखेर उपचार भैरहेको छ । कोरोना संक्रमणका कारण गएको २४ घन्टामा थप ९९६ जना अस्पताल भर्ना भएका छन् ।
वैज्ञानिकहरुले दिएको जानकारी अनुसार आगामी क्रिसमस र अंग्रेजी नयाँ वर्षमा कोरोना संक्रमण उत्कर्ष विन्दुमा पुग्ने बताइएको छ । संक्रमण नियन्त्रणका लागि सरकारले तीन तहको लकडाउन घोषणा गरिसकेको छ । जसअनुसार अहिले नर्दर्न आयरल्याण्ड, लिभरपुल, म्यानचेष्टर, वेल्स, ल्यांकाशायर तथा दक्षिणी योर्कशायर लगायतका भूभाग कोरोना संक्रमणको उच्च जोखिम अन्तर्गत पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण