आयल निगम परिसरभित्रै ट्यांकरमा आगलागी
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ७, भलवारीस्थित नेपाल आयल निगम परिसरमा एउटा ट्यांकरमा आगलागी भएको छ ।
आयल निगमको डिपोभित्र भारतबाट तेल लिएर आएको पेट्रोल ट्यांकरमा बिहीबार दिउँसो आगलागी भएको हो ।
भारतबाट ल्याईएको पेट्रोल डिपोमा चेकजाँच गरिसकेर ट्यांकर स्टार्ट गर्दा अकस्मात ब्याट्री सर्ट भएर आगलागी भएको आयल निगम भवलारीका प्रमुख प्रलयन्कर आयार्यले रातोपाटीलाई बताए ।
पेट्रोल भरिएको लु१ख ८१४५ नम्बरको ट्यांकरमा आगलागी भएको हो । तत्काल नेपाली सेना र त्यहाँ रहेको कर्मचारीहरुको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट ट्यांकरको क्याबिनमा मात्र क्षति भएको उनले बताए । आगो निभाउन निगमको डिपोभित्रै रहेको दमकलको समेत मद्दत लिइएको थियो ।
यसअघि गत सोमबार साँझ भैरहवास्थित एभरेष्ट पेट्रोल पम्प परिसरमै रहेको ट्यांकरमा पनि आगलागी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण