मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते
बिहीबार, ०६ कात्तिक २०७७, २१ : ३३
लुम्बिनी । रुपन्देहीमा बिहीबार मोटरसाईकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
प्रहरी चौकी कालीदहले दिएको जानकारी अनुसार मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–३, पडरिया निवासी २५ वर्षीय हुसेन मोहम्मद मुसलमानको मृत्यु भएको हो ।
उनले चलाएको लु३७प १८३१ नम्बरको पल्सर मोटरसाईकल लुम्बिनी–कालीदह सडकखण्ड मुहवारी पुलनिर अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाईते मुसलमानलाई भीम अस्पताल भैरहवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
उक्त मोटरसाईकलमा पछाडि सवार सोही ठाउँ बस्ने २० वर्षीय मशुद अहमद मुसलमान घाईते भएका छन् । उनलाई उपचारका लागि भारततिर लगिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण