कोरोना महामारीबीच अमेरिकामा नेपालीहरुले यसरी दसैँ मनाए
डिसी । कोरोना महामारीको चपेटामा विश्व मै सर्वाधिक थिलथिलो भएको राष्ट्र अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीहरुले २०७७ सालको विजयादशमी मनाएका छन् । अमेरिकामा समयको फरक हुने हुनाले मनाउने क्रम जारी छ ।
गत वर्ष झैँ नेपाली समुदायले दुई वटा साइतमा दुई दिन टीका लगाएका छन । नेपाली समुदायले गत अक्टोबर २५ आइतबार र अक्टोबर २६ सोमबारका दिन टीका ग्रहण गरेका र दसैँ मनाएका तस्बिरहरु सामाजिक सञ्जालमा राखिएका छन् ।
यसपटक महामारीको कारण आफन्त, ठूला बडा, मान्यजनहरुबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका तथा जमरा आ–आफ्ना घरभित्र मात्र थापेका छन् । आफ्ना एकल परिवार वा घर भित्रै रहेका परिवार सदस्यहरुबीच मात्रै दसैँ मनाए भने जानै पर्ने स्थानमा भने भर्चुअल रुपमा आशिर्वाद लिएका छन् ।

नजिक जानै पर्ने स्थानमा मास्कसमेत लगाएर दसैँ मनाएका छन् । अमेरिकामा नेपालकै शुभ साइत बिहान १० बजेर १९ मिनेटदेखि टिका थाप्न सुरु गरेका थिए ।
अमेरिकामा दशमी सोमबार कामको दिन परेता पनि अधिकांश नेपालीले बिदा लिएर भएता पनि आफ्नो संस्कृति, परम्परा तथा चाडपर्वलाई मनाएका छन् ।
महामारीमा बाहिर निस्कन नपाइने हुनाले यस पटक अधिकांश नेपालीहरुले नेपाल जस्तै गरि परिवार अनुसार नौ दिनसम्म आफ्ना पूजा कोठामा दुर्गा पूजा गरि किस्तीमा जमरा राखेका छन् ।
अमेरिकामा रहेका नेपालीहरुको मन्दिर र सामुदायिक केन्द्रले समेत जमरा वितरण गरेका छन् । विजयादशमी आफैँमा शुभ दिन भएकाले दिन भरि नै टीका लगाउने साईत हुने भएता पनि कोही आवत जावत नगर्ने भएकोले छिट्टै सम्पन्न भएको छ ।
जमरालाई समृद्धिको प्रतिकको रुप मानी लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजया दशमी बडा दसैँकै सबैभन्दा महत्त्वपूर्ण दिन हो ।
ठूलालाई भन्दा साना बाल बालिकाहरुका लागि दसैँ निकै रमाइलो हुने हुनाले अमेरिकामा जन्मिएका बालबालिकाहरु टिका जमरा र खाममा डलर पैसा दिदा निकै दङ्ग परेका देखिन्थे ।
अमेरिकामा हाल ३ पुस्ते परिवार पनि निकै भएकोले नेपाली समुदायले हजुरबा, हजुरआमा, मातापिता, सासुससुरा, पुरोहित, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट ऐश्वर्य वृद्धि, तथा दीर्घायुको आशीर्वाद समेत लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण