बेलायतमा दैनिक ४ हजारको मृत्यु हुनसक्ने
लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इङ्ग्ल्याण्डमा दोस्रो चरणको लकडाउन गर्ने तयारी गरेका छन् । पछिल्ला दिनहरुमा कोरोना भाइरस संक्रमण दर तीव्र रुपमा वृद्धि हुँदै गएपछि सरकारले इङ्ग्ल्याण्डमा एक महिना लामो राष्ट्रव्यापी लकडाउन घोषणा गर्ने तयारी गरेको हो । क्रिसमसको समयमा लकडाउन खुकुलो पार्ने गरि आगामी सोमबार प्रधानमन्त्रीले लकडाउनको घोषणा गर्ने बताइएको छ ।
गएराती बीबीसीले प्राप्त गरेको एक गोप्य दस्तावेजअनुसार अघिल्लो पटकको तुलनामा यसपटक चार गुणा बढी मानिसहरुको मृत्यु हुन सक्ने उल्लेख छ । दस्तावेजका अनुसार बेलायतमा दैनिक ४ हजार मानिसहरुको मृत्यु हुने बताइएको छ । जबकि यसअघि एक दिनमा एक हजारसम्म मानिसको मृत्यु भएको थियो । आज साँझ प्रधानमन्त्री बोरिस जोन्सन, इङग्ल्याण्डका चीफ मेडिकल अफिसर क्रिस विट्टी तथा सरकारका चीफ साइन्टिफिक एड्भाइजर सर प्याट्रिक भ्यालेन्सबीच छलफल हुने भएको छ ।
दोस्रो चरणको लकडाउनले विशेषगरि व्यापारिक क्षेत्रमा नराम्रो असर पार्ने बताइएको छ । तर स्कुल कलेज र विश्वविद्यालयमा नयाँ नियम लागू नहुने बताइए पनि यसको आधिकारिक पुष्टि हुन् बाँकी नै छ । पछिल्लो समयमा कोरोना संक्रमितको संख्या, मृतकको संख्या र हस्पिटल भर्ना हुनेको संख्या अत्यधिक बढ्न थालेपछि सरकार राष्ट्रिय लकडाउनको तयारीमा जुटेको हो । यसअघि भने सरकारले राष्ट्रिय लकडाउन नगरिने बताउँदै आएको थियो ।
युरोपका बेल्जियम, फ्रान्स र जर्मनीमा लकडाउन घोषणा भएपछि सोही महादेशको सबैभन्दा बढी प्रभावित ब्रिटेनले संक्रमण नियन्त्रणको लकडाउनको विकल्प रोज्न लागेको हो । सरकारको प्यान्डामिक मोडलिङ ग्रुप ‘एसपीआइ एम’ ले तयार पारेको दस्तावेज प्रधानमन्त्रीले हेरिसकेको बताइएको छ । बैज्ञानिक सल्लाहकारहरुको समूह सेज ग्रुपले जाडो यामका बेला कम्तीमा ८५ हजार मानिस मर्न सक्ने बताएका छन् ।
हिजो शुक्रबार मात्र बेलायतमा २४ घण्टाभित्र २७४ जनाको मृत्यु भएको थियो भने २४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । शुक्रबार सार्वजनिक तथ्याँकअनुसार बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण ४६ हजारभन्दा बढीको मृत्यु भैसकेको छ भने संक्रमित संख्या करिब दश लाख पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण