बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा भेटियो

आइतबार, १६ कात्तिक २०७७, १७ : २५
आइतबार, १६ कात्तिक २०७७

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आज थप एक गैँडा मरेको छ । निकुञ्जको पश्चिमी सेक्टरको लामिचौर नजिकैको घोलमा भाले गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार, अन्दाजी ३० देखि ३५ वर्षको गैँडा बुढो भएर मरेको हो । गैँडाको खाग र खुर सुरक्षित रहेका छन् । निकुञ्जमा यस आर्थिक वर्ष शुरु भए यता प्राकृतिक कारणले योसहित नौवटा गैँडा मरेका छन् ।

तस्करको गोलीबाट एउटा गैँडा मरेको भए पनि खाग र खुर भने सुरक्षित भेटिएको थियो । गत वर्ष प्राकृतिक कारणबाट २६ वटा गैँडा मरेका थिए । प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि निकुञ्जले अध्ययन गर्न समितिसमेत बनाएर काम अघि बढेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप