बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतले लिभरपूलका सबैको कोरोना परीक्षण गर्ने

मङ्गलबार, १८ कात्तिक २०७७, २३ : ४८
मङ्गलबार, १८ कात्तिक २०७७

लन्डन । बेलायत सरकारले कोरोनाभाइरसबाट निकै प्रभावित लिभरपूलका सबै निवासीको स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको छ । यस शहरमा पाँच लाख भन्दा बढी मानिसको बसोबास रहेको छ ।  कोभिड–१९ परीक्षणका लागि सरकारले विभिन्न किसिमका प्रविधिहरुको प्रयोग गर्नेछ जसले एक घण्टा वा सोभन्दा कम समयमा नतिजा दिनेछ । 

बेलायती स्वास्थ्य सेवा विभागले उन्नत प्रविधिको सहायताले कोरोनाको कुनै लक्षण नदेखिएका व्यक्तिको पनि पहिचान गर्ने जनाएको छ । विभागले सटिक नतिजाबाट मानिसलाई सेल्फ–आइसोलेसनमा बस्न र थप विस्तार हुनबाट रोक्ने विश्वास लिएको छ ।  लिभरपूलमा गरिने यस परीक्षणले बेलायतमा व्यापक परीक्षणका सन्दर्भमा सिकाईका लागि मद्दत गर्नेछ । पछिल्लो समय बेलायतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकार नयाँनयाँ प्रविधि प्रयोग गर्न उत्सुक भएको हो । 

बेलायतमा आगामी बिहीबारदेखि दोस्रो चरणको लकडाउन हुँदैछ । बेलायतमै लिभरपूल शहरमा सबैभन्दा बढी दरमा कोरोना संक्रमित देखिएका छन् । यहाँ प्रति एक लाख जनसंख्यामा ४१० जनाभन्दा बढी संक्रमित भेटिएका छन् । –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप