बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

ओली र प्रचण्डबीचको संघर्ष अग्रगमन र पश्चगमनबीचको लडाइँ : बाबुराम भट्टराई

बुधबार, १९ कात्तिक २०७७, २० : २१
बुधबार, १९ कात्तिक २०७७

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाको आन्तरिक किचलोलाई अग्रगमन र पश्चगमनबीचको लडाइँको संज्ञा दिएका छन् । 

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच १५ कात्तिकमा भएको भेटवार्तापछि नेकपामा विभाजनको बहस सतहमा आएका बेला भट्टराईले यस्तो बलाएका हुन् ।

 

बुधबार ट्विटरमार्फत उनले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी भएको बताए । 

संविधानसभामा अग्रगामी एजेन्डा निस्तेज पार्न माओवादी–मधेसवादीविरुद्ध नेपाली काँग्रेससँग सहकार्य गरेको र पछि सत्ता निम्ति चुनावमा नेपाली काँग्रेसविरुद्ध माओवादीसँग एकता गरेको भट्टराईको भनाइ छ ।

अहिले ओली नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेको भन्दै सबैले सोच्ने बेला आएको बताए । 

 

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप