ओली र प्रचण्डबीचको संघर्ष अग्रगमन र पश्चगमनबीचको लडाइँ : बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाको आन्तरिक किचलोलाई अग्रगमन र पश्चगमनबीचको लडाइँको संज्ञा दिएका छन् ।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच १५ कात्तिकमा भएको भेटवार्तापछि नेकपामा विभाजनको बहस सतहमा आएका बेला भट्टराईले यस्तो बलाएका हुन् ।
हामीलाई फोन गरेर स्वस्थ्यलाभको कामना गरेकोमा प्रम@kpsharmaoliलाई धन्यवाद दिंदै यो तीतो सत्य भन्नैपर्छ:-नेकपाभित्रको किचलो रूपमा दुइ अध्यक्षवीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहीरो वैचारिक-राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै हो।यो अन्तर्यमा अग्रगमन र पश्चगमन वीचको लडाइॅ हो!.२
— Baburam Bhattarai (@brb1954) November 4, 2020
बुधबार ट्विटरमार्फत उनले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी भएको बताए ।
संविधानसभामा अग्रगामी एजेन्डा निस्तेज पार्न माओवादी–मधेसवादीविरुद्ध नेपाली काँग्रेससँग सहकार्य गरेको र पछि सत्ता निम्ति चुनावमा नेपाली काँग्रेसविरुद्ध माओवादीसँग एकता गरेको भट्टराईको भनाइ छ ।
अहिले ओली नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेको भन्दै सबैले सोच्ने बेला आएको बताए ।
२.ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी हुन्।संविधानसभामा अग्रगामी एजेण्डा निस्तेज पार्न माओवादी-मधेसवादी विरूद्ध नेकासंग सहकार्य गरे।पछि सत्तानिम्ति चुनावमा नेकाविरूद्ध माओवादीसंग एकता गरे।अहिले ओली नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेछ!अब के?सबैले सोचौं!
— Baburam Bhattarai (@brb1954) November 4, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण