क्वारेन्टिन हटाउने प्रदेश विपद् व्यवस्थापन केन्द्रको निर्णय
प्रदेश विपद् व्यवस्थापन केन्द्रले हाल सञ्चालनमा रहेका सबै क्वारेन्टिन हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आज बसेको केन्द्रको बैठकले खाली गरिने क्वारेन्टिनका सामान नेपाली सेनाको जिम्मा लगाउने निर्णय गरेको छ ।
क्वारेन्टिन हटाइए पनि सबै सामान सुरक्षित राखेर आवश्यक पर्दा व्यवस्थापन गर्न सकिने गरी सेनाको जिम्मा लगाइएको छ । सार्वजनिक क्वारेन्टिनको साटो प्रदेश सरकारले होम क्वारेन्टिनलाई जोड दिएको छ ।
यसले गर्दा सरकारी तथा सार्वजनिक खर्चमा मितव्ययिता हुनाका साथै व्यक्ति स्वयंलाई मानसिक रुपले स्वस्थ रहन मद्दत पुग्ने प्रदेश सरकारको अपेक्षा छ ।
“सार्वजनिक क्वारेन्टिनमा बस्न नागरिकहरु अनिच्छुक रहेकाले बनाइएका क्वारेन्टिन खाली गर्न लागेको हौंँ”, सामाजिक विकासमन्त्री दल रावलले भने, “हाललाई होम क्वारेन्टिनको प्रभावकारितामा जोड दिने र पछि आवश्यक परेका खण्डमा पुनः सञ्चालन गर्न सकिनेछ ।”
व्यवस्थापनको कमीका कारण नागरिक क्वारेन्टिन बस्न नचाहने समस्या रहँदै आएको थियो ।
प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमण रोकथामका लागि तिहारका बेला देउसीभैलोलगायत जमघटलाई निषेध गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यस्तै कोरोना उपचारका लागि विभिन्न राष्ट्रबाट प्राप्त हुने खोपका सम्बन्धमा सङ्घीय सरकारबाट प्राप्त स्वीकृतिबमोजिम केकति आवश्यक पर्ने हो भन्ने सम्बन्धमा पूर्वतयारी गर्न बैठकले सामाजिक मन्त्रालयलाई निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण