सुर्खेतमा जुवा खेल्ने ७ जना पक्राउ
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवा खेल्ने÷खेलाउने सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–७ इत्राममा बुधबार जुवा खेलाउने एक घरधनी महिलासहित ती व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट रु ५६ हजार ६१० नगदका साथै नौ पाकेट तास बरामद गरेको छ । जिल्ला प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा घरधनी वीरेन्द्रनगर–७ का निर्मला शाही, खगेन्द्र खत्री, चेतन आचार्य, वीरेन्द्रनगर–८ का जीवन सुनार, वीरेन्द्रनगर–९ का प्रवेश गुरुङ, वीरेन्द्रनगर–३ का खम्बबहादुर शाही र वीरेन्द्रनगर–६ का निराजन शाही रहेका छन् ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चाडपर्वको समयमा जुवातासजस्ता अवैध गतिविधि बढी हुने भन्दै रोकथाम र नियन्त्रणका लागि प्रहरी परिचालन तीव्र पारेको जानकारी दिए । पक्राउ गरेका व्यक्तिहरुमाथि थप अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण