अर्नब गोस्वामी न्यायिक हिरासतमा
एजेन्सी । दुई बर्ष पूरानो आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई दुई बर्ष पूरानो मुद्दामा १४ दिनका लागि न्यायिक हिरासतमा राख्ने अनुमति दिइएको छ । बुधबार राति मुम्बईस्थित एक अदालतले गोस्वामी र अन्य दुई जनालाई १४ दिनका लागि न्यायिक हिरासतमा राख्न आदेश दिएको हो ।
गोस्वामीका वकिलले जमानतका लागि निवेदन दिएका छन् । सो निवेदनमाथि बिहीबार सुनुवाई हुने सम्भावना रहेको छ । सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोप गोस्वामीमाथि लागेको छ । गोस्वामीलाई भादंविको धारा ३०६ को खण्ड ३४ अन्तर्गत हिरासतमा राख्ने आदेश दिइएको हो ।
रिपब्लिक टेलिभिजनका प्रधानसम्पादकसमेत रहेका गोस्वामीलाई बुधबार बिहान मुम्बईस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो भने उनलाई बुधबार रातभर कोभिड–१९ परीक्षण रिपोर्ट नआउँदासम्म जेलद्वारा कोभिड–१९ विरामीलाई राख्न बनाईएको केन्द्रमा नै राखिएको थियो ।
इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइक सन् २०१८ को मे महिनामा अलिबाग तालुकाको कवीर गाउँस्थित आफ्नो फार्म हाउसमा मृत फेला परेका थिए । त्यहाँ फेला परेको सुसाइड नोटमा अर्नबसँगै फिरोज शेख र नितेश सारदाले ५० करोड भुक्तानी नगरेकाले आफूहरुले आत्महत्या गरेको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य
-
जंगलमा आगो लगाएको आरोपमा कास्कीबाट एकजना पक्राउ
-
उड्डयन प्राधिकरणको महाप्रबन्धकमा गैरप्राविधिक नियुक्ति, एक सातामा दर्जन सम्भावित दुर्घटना
-
चोरीको मोटरसाइकलसहित एक जना पक्राउ
-
विद्युत् महसुल विवाद समाधान जाँचबुझ आयोगले बुझायो प्रतिवेदन
-
आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन