कोरोनासंक्रमित सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री शाहलाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइने
शुक्रबार, २१ कात्तिक २०७७, १० : ४८
काठमाडौँ । कोभिड–१९ बाट संक्रमित सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदैछ ।
मन्त्रालयका प्रवक्ता तेज प्रकाश जोशीले मन्त्री शाहलाई थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइने तयारी भएको पुष्टि गरे । मन्त्री शाहलाई गत कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
मन्त्री शाहको सेती प्रादेशिक अस्पतालको कोरोना स्थायी अस्पतालमा उपचार भइरहेपनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि काठमाडौँ पठाउन लागिएको प्रवक्ता जोशीले जानकारी दिए ।
प्रवक्ता जोशीका अनुसार हेलिकोप्टर व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले समन्वय गरिरहेको छ । नाकबाट रगत बग्न थालेपछि मन्त्री जोशीलाई बिहीबार मात्र अस्पताल भर्ना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण