‘भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखसँगको भेटमा परराष्ट्रका प्रतिनिधि राख्दा खुलस्त कुरा गर्न गाह्रो थियो’
काठमाडौँ । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीचको भेटको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुटनीतिमा सबै मान्छेसँग भेट्न हुने बताएका छन् ।
शनिबार एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले गोयलसँगको भेटमा परराष्ट्रको प्रतिनिधि राख्दा ब्यूरोक्याटिक लेभलमा खुलस्त कुरा गर्न गाह्रो हुने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्, ‘कुनै देशको कार्यकारी प्रमुखको प्रतिनिधिको रुपमा आएका व्यक्तिसँगको भेटमा कहिले–कहिले परराष्ट्रको प्रतिनिधि राखेर भेट गर्दा ब्यूराक्याटिक लेभलमा खुलस्त कुरा गर्न गाह्रो हुन्छ ।’
गोयलसँगको भेटमा आफूले केही मान्छे राखेको ओलीले दावी गरेका छन् । यद्यपि प्रधानमन्त्री ओलीले गोयलसँगको भेटमा कसलाई राखेको खुलाएका छैनन् ।
‘मैले कुन प्रतिनिधि राख्ने कुन नराख्ने विचार गरेर प्रतिनिधि राखेको छु । सबैले नोट गरेको छ । परराष्ट्रमा समेत त्यसको रेकर्ड छ । गोप्य भेटवार्ता भएको होइन, मानिसहरुको बीचमा भएको छ । को थियो÷थिएनअहिले मैले भन्न जरुरी पनि छैन् । मेरो साथमा को–को बसेको थियो त्यो पनि भन्न जरुरी छैन्’ ओलीले भनेका छन् ।
दुई देशका बीचको सम्बन्ध बढाउन आवश्यक रहेकाले गोयलसँग भेट गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘अनाधिकृत मान्छेसँग भेट गरेको त होइन नि,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘उताबाट तोकेर पठाएकै मान्छेसँग भेट गरेको हो ।’
सुटुक्क आएर अनेकले भित्रभित्र भेट्न हुने मैले भेट्न किन नहुने भन्दै ओलीले प्रश्न समेत गरेका छन् । उनले भने– ‘मैले त भेटेपछि बाहिर मिडियामा भेटघाट भयो भनेर जानकारी गराएँ ।’ राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्नको लागि भेटघाटको खबर बाहिर ल्याएको ओलीले बताए ।
गोयलसँगको भेटमा हाम्रो देशको हितको पक्षमा कुराकानी भएको छ । दुई देशको सम्बन्धलाई सुधार बनाउन भएको भेट सकारात्मक पक्ष रहेको ओलीले बताए ।
भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख गोयल ५ कात्तिकमा नेपाल आएका थिए । गोयलले सोही दिन राति प्रधानमन्त्रीलाई भेटेर भोलिपल्ट बिहान दिल्ली फर्किएका थिए । गोयलसँग प्रधानमन्त्रीको भेटलाई लिएर सत्तारुढ नेकपाभित्रै पनि चर्को आलोचना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
-
रास्वपाको सभापति निर्वाचनमा ५० प्लस १ को व्यवस्था संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण