बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु
आइतबार, २३ कात्तिक २०७७, १८ : ४६
बुटवल । बुटवलस्थित कोरोना विशेष (अस्थाई) अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले रुपन्देहीको सैनामैना–१ का ५५ वर्षीय पुरुष रहेको आज दिउँसो मृत्यु भएको जानकारी दिए ।
ती पुरुषलाई स्वास्थ्यमा समस्या आएपछि आफन्तले आज अस्पताल ल्याएका थिए । पीसीआर नतिजा पोजिटिभ आएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा उनको मृत्यु भएको डा.गौतमले बताए । मृतकलाई उच्च रक्तचापको समस्या रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण