कांग्रेस विवाद समझदारीतिर
नेपाली कांग्रेसका संस्थान र असन्तुष्ट पक्षबीच देखिएको विवाद समझदारी नजिक पुगेको छ। पछिल्लो एक सातादेखि पदाधिकारी, पूर्वपदाधिकारीसतिहका नेताहरूको निरन्तरको छलफलबाट असन्तुष्ट पक्षले उठाएको क्रियाशील सदस्यता वितरणसहितका विषय सम्बोधन गरेर अघि बढ्ने समझदारी बनेको हो।
असन्तुष्ट पक्षले उठाएका विषयसहित महाधिवेशनको नयाँ कार्यतालिकासम्म सहमतिमा निर्माण गर्न केन्द्रीय समितिको बैठक कात्तिक २७ गतेका लागि सारिएको छ। पार्टीका नेताहरूसमेतको छलफलमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काले कात्तिक २७ गते १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सहमतिको प्रस्ताव पेस गर्ने केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिए। ‘पार्टी विधानअनुसार अघि बढ्ने र क्रियाशील सदस्यतासहितका १६ बुँदे हाम्रो मागमा समझदारी बनेको छ,’ भण्डारीले भने, ‘सहमतिको प्रस्ताव दुई महामन्त्रीले आगामी केन्द्रीय समितिको बैठकमा ल्याउनुहुन्छ।’
कांग्रेस नेता रामचन्द्र पौडेलले आफूहरूले उठाएका अधिकांश माग सम्बोधन गर्ने समझदारी बनेको दाबी गरे। पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्नुका साथै समयबद्ध काम गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै पौडेलले भने, ‘पार्टीको क्रियाशील सदस्यता वडाले नै के–कति चाहिन्छ, उसैले वितरण गर्ने समझदारी बनेको छ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
-
बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक : प्रहरीद्वारा १० राउन्ड हवाई फायर, एसपी घाइते
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण : दर्जनौँ प्यालेस्टिनी पक्राउ
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली (भिडियाे)
-
मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफल गर्न डाकिएको प्रदेशसभा बैठक बस्न ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण