सिरहामा थप एक कोरोना संक्रमितको मृत्यु
सोमबार, २४ कात्तिक २०७७, १८ : २८
सिरहा । सिरहामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका १ बिर्ता निबासी ६५ वर्षीय पुरुष रहेका छन् । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा ती पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ती पुरुषको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो । लामो समयदेखि सुगर र किड्नीको बिरामी रहेका उनलाई आइसोलेसनमा राखेर उपचार गरिरहँदा मृत्यु भएको यादवले बताए । यादवकाअनुसार योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण