शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

हास्यकलाकार राजीवका ९ वर्षका छोराको निधन, पिताको जन्मदिनमा छोडे दुनियाँ

मङ्गलबार, २५ कात्तिक २०७७, ०८ : ५१
मङ्गलबार, २५ कात्तिक २०७७

भारतका चर्चित स्ट्याण्डअप कमेडियन तथा अभिनेता राजिव निगमको ९ वर्षका छोरा देवराजको निधन भएको छ । यसको जानकारी राजिवले आफ्नो सोसल मिडियामा दिएका छन् ।

राजिव निगमले छोराको निधनको जानकारी दिँदै देवराजसँगको फोटो फेसबुकमा सेयर गरेका छन् । यससँगै उनले क्याप्सनमा लेखेका छन्, ‘जन्मदिनमा यो कस्तो सरप्राइज पाएँ । मेरो छोरा देवराज मलाई छोडेर गए । जन्मदिनको केक नकाटिकनै । पागल, यस्तो उपहार कसैले दिन्छ ?’

What a surprise birthday gift... mera beta devraj aaj mujhe chod ke chala gaya.. bina birthday cake kaate... pagle aisa gift koi deta hai....

Posted by Rajeev Nigam on Sunday, 8 November 2020

राजिव निगमका छोरा देवराज सन् २०१८ मा असाध्यै बिरामी भएका थिए । त्यतिबेला देखि उनी धेरैजसो बिरामी भइरहन्थे । सन् २०१८ मा उनी केही दिन आइसीयूमा बसेका थिए । त्यतिबेला पनि उनले सोसल मिडियामा मानिसहरुलाई छोराको स्वास्थ्यलाभका लागि प्रार्थना गरिदिन सबैलाई आग्रह गरेका थिए । लगभग तीन महिना अघि (अगस्ट ७) राजिवका पिताको पनि निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप