सैफ अली खानले बढाए तीन गुणा पारिश्रमिक, आउँदैछ यो ठूलो प्रोजेक्ट
बलिउडका नवाब भनिन् सैफ अली खान आजकाल निकै व्यस्त छन् । ठूला पर्दामा निकै कम फिल्म चलिरहेका छन् तर ओटीटीले सैफको करियरलाई भने नयाँ दिशा दिइरहेको छ । सेक्रेड गेम्स उनको करियरमा गेम चेन्जर साबित भएको छ ।
ओटीटीमा आफ्नो सफलता देखेपछि सैफ अली खानले आफ्नो पारिश्रमिकमा वृद्धि गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । स्रोतका अनुसार अब नायकले हरेक फिल्मका लागि तीन गुणा बढी पारिश्रमिक लिनेछन् ।
यसबारे आधिकारिक जानकारी त आइसकेको छैन तर स्रोतले दाबी गरेअनुसार सैफ अली खान पहिला एउटा फिल्मको करिब ३ करोड लिन्थे भने अब उनी ११ करोड लिने छन् ।
सैफ यतिबेला ओटीटी प्लेटफर्ममा निकै मनपराइएका अभिनेताको रुपमा उदाएका छन् । हरेक फिल्म निर्माता उनलाई कुनै न कुनै सिरिजका लागि अनुबन्ध गर्न चाहन्छ । सैफले हालै अर्को एउटा वेब सिरिज साइन गरेका छन् । उनले अली अब्बास जफरको ‘दिल्ली’ मा मुख्य भूमिका निभाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण