नेकपा संसदीय दलका प्रमुख सचेतक गुरुङ अस्पताल भर्ना, गरियो अपरेशन
बुधबार, २६ कात्तिक २०७७, १७ : २४

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङ अस्पताल भर्ना भएका छन् । मुत्रथैलीमा समस्या देखिएपछि गुरुङलाई मंगलबार सितापाइलास्थित शुभेच्छा अस्पतालमा भर्ना गरिएको हो ।
अस्पताल भर्ना गरिएका गुरुङको टियूआरपी अपरेशन भएको छ । अस्पतालका एमडी होम अधिकारीकाअनुसार मुत्रथैलीमा समस्या देखेपछि अस्पताल भर्ना भएका गुरुङको मुत्रथैलीको अपरेशन भएको छ ।
गुरुङको पिसाब थैलीमा प्रसर बढेपछि छिनछिनै पिसाब आइरहने समस्या रहेको अधिकारीले जानकारी दिए । ‘नर्मली ३०० ml भन्दा बढी पिसाब जम्मा भएपछि पिसाब गर्छौं । पोस्टेट ग्रन्थी बढेकाले उहाँको अपरेशन गरेका हौं ।’
गुरुङको अपरेशन सफल भएको एमडी अधिकारीले बताए । गुरुङको अपरेशन डाक्टर सञ्जय खड्गीको टोलीले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड
-
कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु