नेकपा संसदीय दलका प्रमुख सचेतक गुरुङ अस्पताल भर्ना, गरियो अपरेशन
बुधबार, २६ कात्तिक २०७७, १७ : २४
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङ अस्पताल भर्ना भएका छन् । मुत्रथैलीमा समस्या देखिएपछि गुरुङलाई मंगलबार सितापाइलास्थित शुभेच्छा अस्पतालमा भर्ना गरिएको हो ।
अस्पताल भर्ना गरिएका गुरुङको टियूआरपी अपरेशन भएको छ । अस्पतालका एमडी होम अधिकारीकाअनुसार मुत्रथैलीमा समस्या देखेपछि अस्पताल भर्ना भएका गुरुङको मुत्रथैलीको अपरेशन भएको छ ।
गुरुङको पिसाब थैलीमा प्रसर बढेपछि छिनछिनै पिसाब आइरहने समस्या रहेको अधिकारीले जानकारी दिए । ‘नर्मली ३०० ml भन्दा बढी पिसाब जम्मा भएपछि पिसाब गर्छौं । पोस्टेट ग्रन्थी बढेकाले उहाँको अपरेशन गरेका हौं ।’
गुरुङको अपरेशन सफल भएको एमडी अधिकारीले बताए । गुरुङको अपरेशन डाक्टर सञ्जय खड्गीको टोलीले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण