गोरखामा चितुवा मृतावस्थामा फेला
जिल्लामा एक वयस्क चितुवा मृतावस्थामा फेला परेको छ । गोरखा नगरपालिका–४, फिनाम, आरुस्वाँरामा मृत पोथी चितुवा फेला परेको हो ।
स्थानीयवासीले चितुवा मृतावस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएको थिए । घटनाको जानकारी पाएलगत्तै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार पारी मृत चितुवालाई वन कार्यालयमा आज ल्याइएको कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए ।
‘वयस्क पोथी चितुवा कसरी म¥यो भन्ने यकिन नै त भइसकेको छैन, घटनाको प्रकृति हेर्दा दुई वटा चितुवा जुधेर एउटा मरेको हुन सक्ने देखिएको छ’, उनले भने । मृत चितवाको शरीरमा चिथोरिएको जस्तो चोट रहेकाले भाले र पोथी चितुवा जुधेको हुन सक्ने अनुमान गरिएको उनको भनाइ थियो ।
मृत चितुवाको अवस्था हेर्दा दुई दिनअघि मरेको हुन सक्ने कार्यालय प्रमुख श्रेष्ठले बताए ।
पछिल्लो समय जिल्लाभित्र चितुवा मृतावस्थामा भेटिने क्रम बढेको छ । गत भदौमा पनि आरुघाट गाउँपालिकामा कुकुरले टोकेर एक चितुवा मारिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण