कृषि अर्थतन्त्रको विकास सहकारीको जगमा: मन्त्री भुसाल
बुटवल । संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले विदेशीको भरपर्दा नेपालको कृषि क्षेत्र फस्टाउन नसकेको बताएका छन् । आज रुपन्देहीको तिलोतमा नगरपालिको नयाँमिलमा दुग्ध प्रशोधन परियोजना स्थापना उद्घाटन गर्दै मन्त्री भुषालले सो कुरा बताएका हुन् ।
मन्त्री भुसालले कृषि अर्थतन्त्रको विकास सहकारीको जगमा हुने बताए । उनले आर्थिक समृद्विको मूल आधार कृषि भएकोले यसको विकासका लागि कृषि मन्त्रालयले बजेटको ठूलो हिस्सा स्थानीय तहमा पठाएको बताए ।
मन्त्री भुसालले व्यक्ति छानेर अनुदान दिने परम्पराले कृषिमा उत्पादन नबढेको उल्लेख गर्दै आफू मन्त्री भएपछि व्यक्ति रोजेर अनुदान दिने परिपाटीको अन्त्य गरिएको दावी गरे । किसानलाई बचाउन राज्यको यथेष्ट संरक्षण चाहिने बताउँदै मन्त्री भुसालले आफू यो विषयमा प्रयत्नशील रहेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशकी भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानलाई सहकारीको माध्यमबाट विना ब्याज ऋण दिने गरी प्रदेश सरकारले सहकारी कोषको व्यवस्था गरेको जानकारी दिइन् ।
उनले तीन तहका सरकारले तिलोत्तमा नगरपालिकाको वडा नं. ६ मा निर्माण हुने यु.एच.टी. दुग्ध प्रशोधन परियोजनालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । तिलोत्तमा लगानी सम्मेलनमा गरिएको सम्झौताअनुसार लुम्बिनी विशिष्टकृत सहकारी संघले उक्त परियोजना कार्यान्वयको काम अघि बढाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण