बेलायतमा २४ घन्टाभित्र थप ४६२ कोरोना संक्रमितको मृत्यु
आइतबार, ३० कात्तिक २०७७, ०० : ०९
लन्डन । पछिल्लो २४ घन्टाभित्र बेलायतमा २६ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन्। ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ दिएको जानकारीअनुसार शनिबार साँझ सम्ममा थप २६ हजार ८६० नयाँ संक्रमित थपिएका हुन् ।
यससँगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १३ लाख ४४ हजार ३६५ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप ४६२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ हजार ७६६ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ८०६ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार ३५५ जनाको भेन्टिलेतर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १४ हजार ९१५ जनाको हस्पिटलमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हृदयाघात हुँदा दिएको साथ सम्झँदै श्रेयस गरे अक्षयको तारिफ
-
सभामुख र सरकारको रवैया गलत छ, संसदीय दलको बैठकबाट थप रणनीति तय गछौँः महामन्त्री थापा
-
झापामा दुर्घटना न्यूनीकरण गर्न ‘ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियान
-
अमेरिका जानु छ भने कानुनले चिन्ने गरी जानुस्
-
एटीएस ब्रान्डको स्वदेशमा उत्पादित विदेशी गुणस्तरको टाइल नेपाली बजारमा
-
‘हिरामण्डी’ को सुटिङका क्रममा डिप्रेसनमा थिइन् मनीषा