बेलायतमा २४ घन्टाभित्र थप ४६२ कोरोना संक्रमितको मृत्यु
आइतबार, ३० कात्तिक २०७७, ०० : ०९
लन्डन । पछिल्लो २४ घन्टाभित्र बेलायतमा २६ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन्। ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ दिएको जानकारीअनुसार शनिबार साँझ सम्ममा थप २६ हजार ८६० नयाँ संक्रमित थपिएका हुन् ।
यससँगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १३ लाख ४४ हजार ३६५ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप ४६२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ हजार ७६६ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ८०६ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार ३५५ जनाको भेन्टिलेतर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १४ हजार ९१५ जनाको हस्पिटलमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण