वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप २ कोरोना संक्रमितको मृत्यु
सोमबार, ०१ मङ्सिर २०७७, १९ : ३४
काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार बराह ८ सुनसरी र तेह्रथुमका संक्रमितको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सुनसरीका ३८ वर्षीय महिला संक्रमितको बिहान १० बजेर ४५ मिनेट जाँदा मृत्यु भएको हो । उनलाई आजै अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै आजै तेह्रथुमकी २० वर्षीय महिला संक्रमितको मृत्यु भएको छ । कात्तिक ३० गते कोरोना पुष्टि भएका उनलाई आजै अस्पताल भर्ना गरिएको थियो । उनको अपरान्ह १ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । मृतक दुबैको शव कोरोना प्रोटोकल अनुसार दाहसंस्कार गरिने श्रेष्ठले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण