मेलम्चीबाट एकैदिन २६ जुवाडे पक्राउ
सिन्धुपाल्चोक । जिल्लास्थित इलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोकले एकैदिन विभिन्न स्थानबाट नगदसहित २६ जुवाडे पक्राउ गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा जुवा खेलिरहेका अवस्थामा उनिहरूलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले मेलम्ची नपा वडा नम्बर ८ केउरेनीमा चुलनाथ गिरीको घरमा अवैध रूपमा जुवा कौडा खेलिरहेको अवस्थामा ६ जनालाई १६ थान कौडासहित नगद १ लाख ४ हजार ५ सय पैंतालीस नगद बरामद गरिएको बताए ।
त्यस्तै प्रहरी निरीक्षक तामाङका अनुसार वडा नम्बर ५ सिन्धुकोटमा रहेको हरि भन्ने लोकबहादुर रायमाझीको घरमा कौडा खेलाईरहेको अवस्थामा नगद ३ लाख तेईस हजार ३ सय पैंतालीस नगद सहित २० जना पक्राउ परेका छन् ।
उक्त जुवा घरवाट प्रहरीले १६ थान कौडा, ५ बुक तास समेत बरामद गरेको छ । पक्राउ परेका २६ जनाविरुद्ध जुवा ऐन अन्तर्गत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण