पार्टी एकता अप्ठ्यारोमा छ: परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं । परराष्ट्रमन्त्री एवम् नेकपाका नेता प्रदीप ज्ञवालीले पार्टी एकता अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् । नेता ज्ञवालीले पार्टी एकता अप्ठ्यारो अवस्थामा रहेको तर एकताको रक्षा गर्ने प्रयास पनि जारी रहेको बताएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता ज्ञवालीले पार्टीभित्र देखिएका संकटका बादलहरु हटेर जाने अपेक्षा समेत गरेका छन् । उनले भनेका छन्ः ‘पार्टी एकता अप्ठ्यारोमा छ, तर एकताको रक्षा गर्ने प्रयाश पनि जारी छ । आशा छ, संकटका बादलहरू हटेर जानेछन् ।’
नेता ज्ञवालीले पार्टीका नेता र कार्यकर्ताहरुलाई नीतिगत बहस गर्न आग्रह गर्दै आरोप प्रत्यारोप नगर्न समेत अनुरोध गरेका छन् । उनले भनेका छन्ः ‘कमरेडहरूलाई आग्रह छ, नीतिगत बहस गरौँ, आरोप प्रत्यारोप नगरौँ ।’ कम्युनिष्ट आन्दोलनलाई डुंगाको उपमा दिँदै मन्त्री ज्ञवालीले अहिले आरोप प्रत्यारोप गर्नेहरु सबै भोलि कुनै घुम्तीमा जम्काभेट हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् । उनले भनेका छन्ः ‘एउटै डुंगामा छौं र भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ। आहानै छ,खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण