कालीकोटमा ११ जना जुवाडे नगदसहित पक्राउ
मङ्गलबार, ०२ मङ्सिर २०७७, १४ : ४७
काठमाडौँ । प्रहरीले नगदसहित ११ जुवाडेलाई पक्राउ गरेको छ । कालीकोटको खाडाचक्र नगरपालिका–१ हस्पिटल नजिक नरेन्द्र शाहीको होटलमा जुवा खेलिरहेको समयमा ११ जना पक्राउ परेका हुन् ।
गएराति जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए ।
पक्राउ परेकाहरुको साथबाट नगद ८९ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका ११ जनाविरुद्ध जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण