ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना, १ जनाको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङको सल्लेरीमा आज दिउँसो भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका–२ का ट्र्याक्टरका सहचालक २३ वर्षीय दले गुरुङ रहेको प्रहरीले जनाएको छ ।
सोही गाउँपालिका–२ ओझा गाउँबाट अलैँची लिएर खोक्लिङतर्फ आइरहेको लु ४ त ६५४८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट तल झरेको र सोही ट्र्याक्टरकै पछाडिको भागले किचेर गुरुङको मृत्यु भएको हो । ट्र्याक्टर चालक खोक्लिङका कृष्ण थापा फरार रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
ट्र्याक्टरमा सवार चालक थापाका छोरा पाँच वर्षीय किर्जम थापा भने घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याइएको बताइएको छ । फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण