किन आउँदै छन् चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष दूत ?
काठमाडौं । भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौं पठाउँदै छन्। चिनियाँ रक्षामन्त्री वेई फेङहे राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आइतबार विशेष जहाजबाट काठमाडौंमा उत्रिनेछन्। परराष्ट्र मन्त्रालय र चिनियाँ राजदूतावासले रक्षामन्त्री फेङ्हेको नेपाल भ्रमणको तयारी छुट्टाछुट्टै गरिरहेका छन्।
भारतीय गुप्तचर संस्था रअका प्रमुख सामान्तकुमार गोयल र भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको भ्रमणलगत्तै चिनियाँ रक्षामन्त्री फेङहे नेपाल आउन लागेका हुन्। यस्तै, नेपाल–भारत सचिवस्तरीय वार्ताका लागि भारतीय विदेशसचिव पनि फेङ्हेको भ्रमणअघि नै काठमाडौं आउनेछन्। गत वर्ष चीन भ्रमणमा गएका बेला उपप्रधानमन्त्री ईश्वर पोख्रेलले तत्कालीन रक्षामन्त्रीको हैसियतमा चिनियाँ समकक्षी फेङ्हेलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। झट्ट हेर्दा नियमितजस्तो देखिए पनि अन्तर्राष्ट्रिय उडान सुचारु नभएको र नेपालमा कोरोना भाइरस संक्रमण बढिरहेका बेला हुन लागेको चिनियाँ रक्षामन्त्रीको भ्रमण अर्थपूर्ण र राजनीतिक केन्द्रित हुने विश्लेषक बताउँछन्।
सत्तारुढ दल नेकपा गम्भीर संकटमा परेका बेला फेङ्हेको नेपाल भ्रमण रक्षा मामिलाभन्दा पनि राजनीतिक विषयमा केन्द्रित हुने देखिएको छ। उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्। उनले नेकपाका केही शीर्ष नेतालाई सामूहिक भेट गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण