अनार : कस्ता व्यक्तिले नखाने ?
एजेन्सी – शरीरमा आइरन र रगतको कमी पूरा गर्नका लागि अनार निकै राम्रो स्रोत हो । त्यसैले चिकित्सकहरुले अनार खान सुझाव दिन्छन् । अनार फाइबरले भरपुर हुन्छ । यसले तौल कम गर्छ । तर, केही व्यक्तिहरुका लागि अनार खानु खतरनाक हुन्छ ।
१. एलर्जी
एलर्जीबाट समस्यामा परेका व्यक्तिहरुले अनार खान हुँदैन । यसले एलर्जीको समस्या झन् बढाउँछ । शरीरमा रगत बढाउँछ र रगतको धब्बा झनै बढाउँछ ।
२.न्यून रक्तचाप
रक्तचाप कम ( लो ब्लडप्रेसर) कम हुने व्यक्तिहरुले अनार खानुहुँदैन । अनार चिसो हुने भएकाले यसले रक्तसञ्चारको गति ढिलो गराउँछ । जसले ‘बिपी फल’ गराउँन सक्छ । यसका साथै, अनारमा हुने तत्वले न्यून रक्तचापको औषधिसँग प्रतिक्रिया जनाउने हुँदा शरीरलाई हानी पुग्छ ।
३. खोकी वा इन्फ्लुयन्जा
चिसो फल भएकाले अनारले खोकी र इन्फ्लुयन्जाको समस्या झनै बढ्छ ।
४.कब्जियत र ग्याष्ट्रिक
अनारले कब्जियत र ग्याष्ट्रिकको समस्या झन् बढाउँछ । अनारले पाचन प्रक्रिया बिगार्ने भएकाले झनै समस्या आउँछ ।
५. मानसिक समस्या
यदि तपाईं मानसिक समस्याबाट पीडित हुनुहुन्छ भने अनार खान तुरुन्त बन्द गर्नुपर्छ । किनकी मानसिक समस्यामा खाइने औषधिसँग प्रतिक्रिया गर्छ । र दिमागको नसा चिसो बन्न सक्छ ।
६.कहिले खाने ?
बिहान अनार खानु निकै फाइदाजनक हुन्छ । यसमा हुने सुगर र भिटामिनले दिनभर उर्जा प्रदान गर्छ । त्यसैले बिहान ब्रेकफास्टमा अनार खानुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशका यी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
कास्कीबाट १ महिनामा ४२ जना फरार प्रतिवादी पक्राउ
-
बलात्कार आरोपमा दाङबाट युवक पक्राउ
-
नेपालका लागि चिनियाँ राजदूतले किन गरे भारतीय विदेश मन्त्री जयशंकरको भनाइको प्रशंसा ?
-
दोहोर कर उठाएको आरोपमा ललितपुरबाट ठेकेदारसहित ४ जना पक्राउ