सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको पनि घट्यो
शुक्रबार, १२ मङ्सिर २०७७, १२ : ०८
नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । पछिल्लो समय सुनको मूल्यमा गिरावट हुँदै आएकोमा शुक्रबारपनि यो क्रमले निरन्तरता दिएको हो ।
सुनको मूल्य घट्दै जाने क्रममा साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार सुन तोलामा ९१ हजार ५०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो ।
यस्तै शुक्रबार तेजावी सुन तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ।
यसैबीच चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार तोलामा ११७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ११६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण