उर्लाबारीबाट सात जुवाडे पक्राउ
शुक्रबार, १२ मङ्सिर २०७७, १३ : २१
काठमाडौँ । प्रहरीले जुवातास खेल्ने ७ जनालाई पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका–९ बाट जुवातास खेल्ने सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले ३ लाख २५ हजार १५५ नगदसहित ७ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सबै उर्लाबारीका रहेका छन् । दिवान मगर, बाबुराम कार्की, विमल डाँगी, डम्बरबहादुर लिम्बु, गोविन्द पुरी र विष्णु राउत तथा खोटाङका कुबिरमान तामाङ रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेकाहरुविरुद्ध जुवा ऐन सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण