आफ्नै साथीले हानेको गोली लागेर १ जना घाइते, ३ जना पक्राउ
काठमाडौँ । बिहीबार राती दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बराहखुटी निवासी खुसलराम पौडेललाई गोली हानेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ बाख्रे निवासी २४ वर्षका कमल पुन, ३८ वर्ष राजु घर्ती र ४० वर्षका इन्द्र केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
उनीहरुलाई गएराति घरबाटै पक्राउ गरेको डीएसपी सिंहले बताए । पक्राउ परेका तीनैजनालाई तुलसीपुर प्रहरीले वडा प्रहरी कार्यालय लमहीलाई बुझाएको छ । अभियुक्त तुलसीपुर क्षेत्रका भएपनि घटनास्थल लमहीमा पर्ने भएकाले लमही प्रहरीलाई बुझाएको डीएसपी सिंहले बताए ।
बुधबार राती लमही नगरपालका–९ च्याउखोलामा शिकार खेल्न गएको समयमा आफ्नै साथीले हानेको बन्दुकको गोली लागेर पौडेल घाइते भएका थिए । शिकार खेल्न १४ जना गएपनि ११ जना भने अझै फरार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण