प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ
शनिबार, १३ मङ्सिर २०७७, ०८ : ३२
जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ ।
जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जना प्रहरीको टोलीले शुक्रबार बेलुका सान्नीत्रिवेणी गाउँपालिका–४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी सुर्खेतमा बस्दै आएका २८ वर्षीय बिलबहादुर धामीलाई पक्राउ गरेको हो ।
धामीलाई रु १२ हजार नगदसहित पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।
“समुदायमा म प्रहरी हुँ भन्दै ठगी गरेको विशेष सूचनाको आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ”, उनले भने, “पक्राउ परेका धामीलाई सोधपुछ गर्दा भने म वनरक्षक हुँ भनी बताएको बयान दिएका छन् ।” उनको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण