दुई नम्बरमा एमालेपछि परेपछि ओलीले भने, ‘चुनावमा सत्तापक्षले धाँधली गर्यो’
काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा एमालेलाई हराउन सत्ता र शक्तिको व्यापक दुरुपयोग गरेको आरोप लगाएका छन् ।
शुक्रबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव जित्न सत्तापक्षले राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका हुन । उनले सत्तारुढ दलले हार्ने देखेपछि रातारात प्रमुख जिल्ला अधिकारी र न्यायाधीश सरुवा गरेर निर्वाचन आचारसहिताको खिल्ली उडाएको बताए ।
अध्यक्ष ओलीले सम्बोधनका क्रममा तेस्रो चरणको स्थानीय निर्वाचनमा असफल भएपनि आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाएरै छाड्ने दावी गरे । सरकारको अलोकतान्त्रिक चरित्रका कारण तेस्रो चरणमा असफल भयौ, सत्तापक्षले पैसा बाँड्यो, धाँधली गर्यो ।
आफ्नो पक्षमा नलाग्ने पुलिस प्रशासकलाई रातारारत सरुवा गर्यो । त्यसकारण हामी असफल भएका हौँ,’ ओली भने ‘२ नम्बर प्रदेशका जनताले सामाजिक सद्भावको पक्षमा लागेको पार्टीलाई अलि चिनेनन की जस्तो पनि छ । मैले निर्वाचन निश्पक्ष निर्वाचन होस् भन्दा मलाई नै निर्वाचन आचारसंहिता उलंघन गरेको भनेर आयोगले पत्र काट्यो । तर एमाले पहिलो नै छ, हुन्छ र रहन्छ ।’
प्रदेश र केन्द्रको चुनावमा एमाले पहिलो शक्ति बनेर बहुमतको सरकार बनाउने भन्दै नेता कार्यकर्तालाई ढाडस दिँदै ओलीले चुनावसम्म जनबर्गिय संगठनहरुलाई जनतामा गइरहन निर्देशन दिए । उनले चुनावसम्म संगठनका कुनैपनि सम्मेलन नगर्न पनि निर्देश दिए ।
एमालेको नीति नेपाली माटो सुहाउँदो रहेको भन्दै ओलीले बौद्धिक विलास र गफ गर्ने पार्टी एमाले नभएको दावी गरे । राष्टिֿयता र लोकतन्त्रप्रति एमाले कहिल्यै नडगमगाउने एमालेको पहिचान भएको ओलीको भनाई थियो । ०४६ अघि र पछिका पार्टीका नेता कार्यकर्तामा अन्तरविरोध रहेको भन्दै अबको दशबर्षपछि त्यो अन्तरविरोध सकिने दावी गरे ।
चुनावमा एमालेसँग एक्लै भिड्न नसकेर माओवादी कांग्रेसले गठबन्धन गरेकोे भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमाले घाटमा बसेर २÷२ जना मान्छे तार्नेजस्तो पार्टी नभएको अध्यक्ष ओलीले बताए । ‘एमाले मिलिटिएड पार्टी हैन, राजनीतिक संगठन हो । परेड खेल्ने पार्टी होइन,’ चुनावलाई खेलको संज्ञा दिँदै ओलीले खेलमा खेलाडीबीच हुने सल्लाह अरुले देखेपनि सुन्न नसक्ने टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण