रौतहटमा एक पुरुषको शव बरामद, बालकको डुबेर मृत्यु
रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा ४५ वर्षीय दशैराम चमार मृत अवस्थामा फेला परेका छन् । बिहे ब्रतबन्धको अवसरमा हुने लबण्डा नाच कार्यक्रममा काम गर्ने माधवनारायण ५ मिठुअवाका ४५ वर्षीय चमारको शव फेला परेको प्रहरीले पुष्टि गरेको छ । उनको शव माधवनारायण नगरपालिका वडा नं. ४ बिसुनपुर्वा मानपुर र वडा नम्वर ५ मिठुअवा गाउँको बीच क्षेत्र बाँसघारीमा फेला परेको हो । आज बिहहान चमारको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
शवको प्रकृति हेर्दा मुखबाट रगत बगेको र कुटपिट वा अन्य कारणले मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको रौतहट प्रहरी प्रमुख एसपी सिद्धीविक्रम शाहले जानकारी दिए । एसपी शाहले मृतकको शव पोष्टमार्टमको लागि गौर अस्पतालमा लगिएको बताए । घटनबारे थप अनुसन्धान जारी रहेको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने उनले बताए ।
त्यस्तै सोही नगरपालिकामा एक बालकको डुबेर मृत्यु भएको छ । माधवनारायण नगरपालिका वडा नं. १ दिपहीका संजय महतोको १४ महिनाका छोरा निखिल महतो खेल्ने क्रममा आफ्नै घर अगाडीको नालामा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । बिहान ११ बजे नालाको पानीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको र घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण