शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

तत्काल विशेष अधिवेशन बोलाऔंः महत

बुधबार, १७ मङ्सिर २०७७, १२ : ५६
बुधबार, १७ मङ्सिर २०७७

पर्सा । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले जनताको समस्यालाई राख्ने र सरकारलाई जवाहदेही बनाउने मुख्य थलो संसद्लाई बन्द गरिराख्न नहुने भएकाले तत्काल विशेष अधिवेशन बोलाउन माग गरेका छन् ।

नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा.महतले देशभित्र उठेका प्रश्नको जवाफ दिन सरकारले संसद्को विशेष अधिवेशन बोलाउन आवश्यक रहेको बताए ।

उनले कोरोना सङ्क्रमणको रोकथाम तथा उपचारमा सरकारले खेलेको भूमिकाबारे प्रश्न उठिरहेको र जनता थप मारमा पर्दै आएको जनाउँदै अब बाध्य भएर पार्टीले सडक सङ्घर्षमा उत्रिने तयारी गरेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप